काठमाडौं । घर, सवारी, सेयर जस्ता व्यक्तिगत आवधिक प्रकृतिका कर्जालाई समेत राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७७’ मा संशोधन तथा परिमार्जन गर्दै व्यक्तिगत कर्जा लिने ग्राहकहरुको कर्जा भुक्तानीको स्रोत अति तथा मध्यम प्रभावित क्षेत्रका व्यवसायहरु रहेको भएमा त्यस्ता ऋणीहरुले लिएको कर्जालाई कोरोना प्रभावित क्षेत्रमा वर्गीकरण गरी सोही अनुसारको सुविधा दिन बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिएको हो ।
यसअघि राष्ट्र बैंकले कोरोना प्रवाभित क्षेत्रका ऋणीलाई १० प्रतिशत ब्याज तिरेर ऋणको पुनसंरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।
जसअनुसार अब व्यक्तिगत आवासिय घर कर्जा, सवारी साधन कर्जालगायतका व्यक्तिगत कर्जा लिने ग्राहकहरुको कर्जा भुक्तानीको स्रोत अति तथा मध्यम प्रभावित क्षेत्रका ब्यवसायहरु रहेको भएमा त्यस्ता ऋणीहरुले लिएको कर्जाको हकमा समेत यो व्यवस्था लागू हुने राष्ट्र बैंकले जनाएको छ ।






प्रतिक्रिया