सानिमा बैंकले २ अर्ब ४० करोडको डिबेञ्चर खुलायो



काठमाडौं । सानिमा बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेञ्चर बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा ४० लाख कित्ता डिबेञ्चर बुधबारदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको जनाएको छ ।

‘८.५०% सानिमा डिबेञ्चर २०८६’ नाम दिइएको उक्त डिबेञ्चरको बार्षिक ८.५ प्रतिशत ब्याजदरमा बैंकले तोकेको छ । सो डिबेञ्चर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

निष्काशित कुल डिबेञ्चरमध्ये २४ लाख कित्ताको हुन आउने २ अर्ब ४० करोड रुपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तबरमा बिक्री हुने बताइएको छ । साथै, १६ लाख कित्ताको हुन आउने १ अर्ब ६० लाख रुपैयाँ ऋणपुँजी रकममध्ये ५ प्रतिशत अर्थात् ८० हजार सामूहिक लगानी कोष र बाँकी सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको छ ।

बैंकको डिबेञ्चरमा इच्छुक लगानीकर्ताले एनआइसी एशिया क्यापिटलको कार्यलय सानिमा बैंकको राजिष्टर कार्यालय अलकापुरी, नक्साल काठमाडौं तथा बैंकको सम्पूर्ण शाखामा आवेदन दिन सकिने बताइएको छ । बैंकले पुस १ गतेदेखि बिक्री खुल्ला गरी छिट्टोमा पुस ५ गते र ढिलोमा पुस ९ गते बिक्री बन्द गर्ने उल्लेख गरेको छ ।


क्लिकमान्डु