सिभिल र नेपाल बंगलादेश बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर



काठमाडौं । सिभिल बैंक र नेपाल बंगलादेश बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यी बैंकले निक्षेपमा न्यूनतम ३ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।

सिभिल बैंकले साधारण बचतमा न्यूनतम ३ प्रतिशत ब्याजदर दिने भएको छ भने मुद्दति निक्षेपमा ५.१० प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।

जसमा बैंकले संस्थागत मुद्दतिमा ५.१० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म र व्यक्तिगत मुद्दतिमा ७ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।

साथै बैंकले कर्जातर्फ भने ८.९४ प्रतिशत बेसरेट कायम गरी ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले कर्जाको प्रकारअनुसार न्यूनतम ९.९४ प्रतिशतदेखि १३.९४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यसैगरी, नेपाल बंगलादेश बैंकले पुस १ गतेदेखि लागू हुनेगरी साधारण बचतमा ३ प्रतिशत र मुद्दति निक्षेपमा ८ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।

बैंकले संस्थागत मुद्दतिमा ६ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म र व्यक्तिगत मुद्दतिमा ६.२५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।

साथै बैंकले कर्जातर्फ ५ वर्षदेखि १० वर्षमाथिका अटो लोन, होम लोन, एसएमई र शैक्षिक लोन स्थिर ब्याजदरमा सार्वजनिक गरेको छ । जसको ब्याजदर बैंकले समयावधि अनुसार न्यूनतम ९.९९ प्रतिशतदेखि १२.९९ प्रतिशत ब्याजदर तोकेको छ ।


क्लिकमान्डु