मेगा बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन कर्जामा कति ब्याज लाग्छ ?
काठमाडौं । मेगा बैंकले पुस महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मका लागि ६.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ७ प्रतिशत र १ वर्षभन्दा माथिको लागि ७.५० प्रतिशतसम्म ब्याज पाइने छ ।
यस्तै संस्थागततर्फ ३ महिनादेखि ६ महिनासम्मका लागि न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ६.१० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ६.५० प्रतिशतदेखि ६.६० प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ७ प्रतिशतदेखि ७.१० प्रतिशतसम्म ब्याज पाइने छ ।
बैंकले बचत खातामा न्यूनतम ०.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म ब्याज पाइने छ । त्यसका लागि बैंकले न्यूनतम बचतको रकम तोकेको छ ।
कात्तिक महिनासम्म बैंकको आधारदर ७.८० प्रतिशत थियो । यो अवधिमा बैंकबाट कर्जा लिँदा १२.८० प्रतिशतसम्म ब्याज लाग्ने छ ।
बैंकले १ वर्षभन्दा बढी अवधिको लागि होम, अटो, शैक्षिक धितोकर्जा, मोटरेज तथा अन्य खालका लोन लिँदा १२.८० प्रतिशत ब्याज लाग्ने जनाएको छ ।