सेञ्चुरी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति छ ब्याज ?



काठमाडौं सेञ्चुरी कमर्सियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदरमा ऋणतर्फ बेसरेटमा थप न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले कात्तिक महिनामा बेसरेट ८.४३ प्रतिशत कायम गरेको छ । जसका आधारमा होम लोन समय सीमा अनुसार न्यूनतम ११.४३ प्रतिशतदेखि अधिकतम १२.४३ प्रतिशत ब्याजदर तोकेको छ भने अटो लोनको हकमा न्यूनतम न्यूनतम ११.४३ प्रतिशतदेखि अधिकतम १२.४३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले एसएमई लोनमा ८.४३ प्रतिशतदेखि बढीमा ११.९३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । फिक्स्ड लोनमा होम लोन ५ वर्षसम्मका लागि ११.४९ प्रतिशत, १० वर्षसम्मका लागि ११.९९ प्रतिशत, १० वर्षभन्दा माथिको समयका लागि कर्जा लिँदा १२.७४ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यसैगरी व्यक्तिगत प्रयोजनका लागि ५ वर्षका लागि भेहिकल लोन लिँदा ११.९९ प्रतिशत, ७ वर्षसम्मका लागि कर्जा लिँदा १२.२४ प्रतिशत, ७ वर्षभन्दा माथि समयका लागि कर्जा लिँदा १२.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यसैगरी व्यक्तिगत कर्जा लिँदा ५ वर्षसम्म ११.९९ प्रतिशत, १० वर्षसम्मका लागि १२.४९ प्रतिशत र १० वर्षभन्दा माथिको समयका लागि यस्तो कर्जा लिँदा १२.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले हाल २३ प्रकारका बचत खाता सञ्चालमा ल्याएको छ । जसमा न्यूनतम २.५० प्रतिशतदेखि ४.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दति निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ८ प्रतिशतसम्म र सस्थागततर्फ न्यूनतम ५.५० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याज दिने भएको छ ।


क्लिकमान्डु