नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, मुद्दतिमा ९ प्रतिशतसम्म ब्याज दिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले पुस महिनाको ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ६ महिनाका लागि ५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ६.७५ प्रतिशत १ वर्षभन्दा माथि २ वर्षसम्मका लागि ७.७५ प्रतिशत, २ देखि ५ वर्षसम्मका लागि ८.२५ र ५ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा ९ प्रतिशत दिने भएको छ ।

यस्तै संस्थागत मुद्दति निक्षेपमा २ वर्षसम्मका लागि नयाँ ५.५० देखि ६ र नवीकरणमा ६.२५ देखि ६.५० प्रतिशत रहेको छ ।

२ वर्षभन्दा माथिका लागि नयाँ ६ देखि ६.५० र नवीकरणतर्फ ६.५० देखि ६.७५ प्रतिशत छ भने ३३ महिनाको मुद्दति निक्षेपमा ८.२५ प्रतिशत ब्याजदर दिने जनाएको छ । त्यस्तै बैंकको बचतमा न्यूनतम ०.१५ देखि ४.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

बैंकले कर्जाको पनि ब्याजदर निश्चित गरेको छ । बैंकका अनुसार १ वर्षको इको लोनमा ९.९९ प्रतिशत र ७ वर्षसम्मका लागि १०.५० तथा १० वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याजदर लाग्ने छ ।

यता एसएमई लोनमा १ वर्षको लागि ९.९९ र ७ वर्षसम्मका लागि १०.५० तथा १० वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । सुन चाँदी धितो कर्जामा ९.९९ प्रतिशत, ग्रोइङ इन्टरप्राइज लोनमा ७.९९ प्रतिशत, कृषि लोनमा ८.९९ प्रतिशत ब्याज लाग्ने छ ।

त्यस्तै ७ वर्षसम्मका लागि १०.५० र १० वर्षसम्मका लागि १२.५० प्रतिशत ७ वर्षसम्मको हायर पर्चेज लोनमा १०.७५ र रिटेल लोनमा ७ वर्षसम्मका लागि ११ र १० वर्षसम्मका लागि १३ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकका अनुसार कर्जा लिँदा न्यूनतम बेसरेटमा ०.५० देखि ५ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकले पुसको लागि बेसरेट सार्वजनिक गरेको छैन ।


क्लिकमान्डु