स्पर्श लघुवित्तले २०.५३ % लाभांश दिने
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई २०.५३ प्रतिशत लाभाशं दिने प्रस्ताव गरेको छ ।
संस्थाले शेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १९.५० प्रतिशत बोनस र त्यसमा लाग्ने करको लागि १.०३ प्रतिशत सहित २०.५३ प्रतिशत लाभांश दिने भएको हो ।
संस्थाको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।