कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
काठमाडौं । कुमारी बैंकले मंगलबार नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको १९ वटा बचत खातामा न्यूनतम १.७५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले केही बचत खाताको हकमा न्यूनतम ब्यालेन्स हुनुपर्ने समेत उल्लेख गरेको छ ।
बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी संस्थागत ५.५० प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
त्यसैगरी लोनतर्फ विभिन्न प्रकारको लोनमा बेस रेटमा थप अधिकतम ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकको कात्तिक महिनामा बेस रेट ८.३० प्रतिशत छ भने स्प्रेट रेट ४.१३ प्रतिशत छ ।