लक्ष्मी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?



काठमाडौं । लक्ष्मी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ६.५ प्रतिशतदेखि ५ वर्षभन्दा बढीको हकमा ८.५ प्रतिशत ब्याज दिनेछ । साथ ै संस्थागततर्फ न्यूनतम ६.५ प्रतिशतदेखि अधिकतम ७.१ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले ११ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा २ देखि ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने कल डिपोजिटमा १ प्रतिशत ब्याजदर तोकेको छ ।

ऋणतर्फ

लक्ष्मी बैंकले ओभरड्राफ्ट, एजुकेशन, इमेपोटर्स लोन, अटो, वर्किङ क्यापिटल/ सर्ट टर्म लोन, होम लोन, होम अगेन्स्ट इक्विटी लोनमा १३.९ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकको असोजसम्मको बेस रेट ८.९ प्रतिशत र स्प्रेड रेट ४.३८ प्रतिशत छ ।


क्लिकमान्डु