कृषि विकास बैंकले १५.७८ % लाभांश दिने



काठमाडौं । कृषि विकास बैंकले शेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १५ प्रतिशत बोनस र त्यसको कर प्रायोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै बैंकले सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत बार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु