लुम्बिनी विकास बैंकले १० % लाभांश दिने



काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरलगानीकर्तालाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लगानकर्तालाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले १० प्रतिशत लाभांशमा ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद दिने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु