हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने
काठमाडौं । हिमालयन बैंकले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट बैंकले सो लाभांश वितरण गर्ने भएको हो । जसमा १४ प्रतिशत बोनश सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा बैंकले गरेको छ ।
बैंकको आइतबार बसेको ३९३औं सञ्चालक समितिको बैंठकले निर्णय गरेको हो ।