सडकमा खाल्डाखुल्डी हुनु ठुलो कुरा होइन, पुरपार पारे पुग्छः मन्त्री श्रेष्ठ



काठमाडौं । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सडकमा देखिएको खाल्डाखुल्डी, धुलोको समस्या धेरै ठूलो नभएको बताएका छन् ।

मन्त्री श्रेष्ठ ‘शंखधर उद्यान’ मा शंखधर साख्वाः र पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा यस्तो भनेका हुन् ।

मन्त्री श्रेष्ठले तुलाधरसँगको भेटमा भएका कुराको स्मरण गर्दै क्रममा सडकमा देखिने खाल्डा खुल्डी र धुलो धुँवा केही नभएको र यसलाई यसो पुरपार पारे पुग्ने तर्क गरेका छन् ।

शनिबार शंखधर उद्यानमा करीब २० लाखको लगानीमा दुई शालिकको अनावरण गरिएको छ ।
कार्यक्रममा मन्त्री श्रेष्ठल साख्वा नेपाल संवतका प्रवर्तक र राष्ट्रिय विभूति समेत भएको बताए ।

२०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ । वामपन्थी राजनीतिज्ञ तुलाधरले वि.स. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए ।

उनले रत्नपार्कलाई ‘शंखधर उद्यान’ घोषणा गरी त्यसकै रुपमा स्थापित गराउनु ठुलो कुरा भएको बताए । नेपाल सम्वतलाई राष्ट्रिय सम्मतका रुपमा स्थापित गराउने कुराम कसैको विमति नरहने पनि स्मरण गराए । उनले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेका विभुति घोषणा गरेको बताए ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनुन र सम्झिरहुन भनेर महानगरपालिकाले शालिक निर्माण गरेको बताए ।

‘उहाँहरुको योगदानलाई कतियय अवस्थामा हामीले विर्सन चाहेर पनि विर्सन सक्दैनौँ । अझ उपत्यकावासीका लागि शंखधर र पद्मरत्न मनमुटुमा छन्, उनले भने, ‘हामीले उहाँहरुको सम्मानमा शालिक निर्माण गर्न पाउँदा खुशी छौँ । हामीले पार्कभित्र शालिक राखेर सधैं सबैले चिन्न र देख्न सकुन भन्ने ठानेका छौँ । उहाँले काठमाडौंका नेवार मात्रै होइन सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ भन्ने नेता तुलाधारप्रति सम्मान गर्न पाएका छौँ ।’


क्लिकमान्डु