युएईले तत्काल १२ देशका नागरिकलाई भिजिट भिसा नदिने
युनाइटेड अरब इमिरेट्स (दुवइर्)ले केहि समय १२ वटा देशका नागरिकलाई भिजिट भिसा नदिने भएको छ । युएइका परराष्ट्र अधिकारीहरुका अनुसार अर्को सूचना जारी नभएसम्म भिजिट भिसा जारी हुनेछैनन ।
परराष्ट्र कार्यालयका प्रवक्ता जाहिद हफिज चौध्रिका अनुसार कोभिड १९ को दोस्रो लहरलाई लिएर उक्त निर्णय भएको हो । तर यसअघि जारी भएका भिसामा भने यो नियम लागू नहुने उनले प्रष्ट पारेका छन ।
भिसामा रोक लगाउने निर्णयले कति किसिमका भिसामा असर पर्छ भन्ने अहिल्यै स्पष्ट भएको छैन । युएईले विजनेस, टुरिष्ट, ट्रान्जिट र विद्यार्थीजस्ता विभिन्न भिसा जारी गर्ने गरेको छ ।
भिजिट भिसा दिन रोक लगाइएका देशहरुमा पाकिस्तान, टर्कि, इरान, येमेन, सिरिया, इराक, सोमालिया, लिविया, केन्या र अफगानिस्तान रहेका छन ।
गत जुनमा पाकिस्तामा कोभिड १९ संक्रमण बढीरहेका बेला युएई एयरलाइन इमिरेट्सले पाकिस्तानमा जुलाई ३ सम्मका लागि आफ्नो उडान स्थगित गरेको थियो ।
हंङकङमा इमिरेट्स फ्लाइटसमा बोर्ड भएका ३० जना पाकिस्तानीमा कोरोना पोजेटिभ देखिएपछि तत्काल पाकिस्तान लगायत अरु ११ देशबाट भिजिट भिसामा आउन रोक लगाइएको बताइएको छ ।
गत अगस्टमा कुवेतको उड्ययनले पाकिस्तानमा व्यवसायीक उडानमा रोक लगाएको थियो र अन्य ३० वटा देशलाई उच्च जोखिम क्षेत्र घोषणा गरेको थियो ।
गत महिनादेखि पाकिस्तानमा कोरोना संक्रमण उच्च गतिमा फैलिरहेको छ । पाकिस्तानका अधिकारीहरुले देशमा कोभिड १९ को दोस्रो लहर चलेको बताएका छन ।
पाकिस्तानमा ३ लाख ६३ हजार ३८० जना कोरोना संक्रमित भइसकेका छन भने ७ हजार २३० जनाले ज्यान गुमाइसकेका छन ।