जुवातास खेल्ने १ सय ४३ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १४३ जना पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं, भक्तपुर, धादिङ, नवलपरासी, मोरङ, संखुवासभा, सुनसरी, बझाङ र सल्यानका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका(२६ ठमेलस्थित द(सिप नामक रेष्टुरेन्टभित्र तास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालिका काठमाडौं पुतलीसडक बस्ने काभ्रे घर भएकी ३७ वर्षीया सृजना खनाल समेत १४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ७ हजार रुपैयाँ र १० बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका(१४ कुलेश्वर बस्ने ४४ वर्षीय शिव श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ र विभिन्न बैंकको ७ लाख ९४ हजार ८ सय ७० रुपैयाँको चेक र १ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका(५ बाट जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका(४ घर भएका ३३ वर्षीय रत्न बहादुर तामाङ समेत ४ जनालाई नगद २ लाख ४७ हजार ८ सय ५० रुपैयाँ र ११ वटा ओखर सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका(८ बोडे बस्ने अम्बर कृष्ण अवालको नगदेश स्नोकर हाउसमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका(५ पुरानोठिमी बस्ने ४५ वर्षीय राजकुमार चित्रकार लगायत १० जनालाई नगद २ लाख ६४ हजार १ सय ३५ रुपैयाँ र कौडा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

धादिङ, धुनिबेशी नगरपालिका(८ खानीखोला बस्ने कृष्ण बानियाको घरमा कौडा खेलिरहेको अवस्थामा धुनिबेशी नगरपालिका(६ बस्ने ३२ वर्षीय दिनेश उप्रेती लगायत २१ जनालाई नगद १ लाख ७९ हजार ६ सय ७५ रुपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

नवलपरासी९पूर्व०, गैंडाकोट नगरपालिका(८ बस्ने ५० वर्षीय छबिलाल सुबेदीको घरमा जुवा खेलिरहेको अवस्थामा सुबेदी लगायत १० जनालाई नगद १ लाख २४ हजार ४ सय ९५ रुपैयाँ र ६ वटा पासा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङ, लेटाङ नगरपालिका(९ जाँते बस्ने सोएता मगरको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय ददिराम पौडेल लगायत ७ जनालाई नगद १ लाख ८८ हजार ७ सय ४५ रुपैयाँ, १ सेट कौडा, ६ बुक तास र १६ थान मोबाइल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

संखुवासभा, खाँदबारी नगरपालिका(९ स्थित मकालु रिसोर्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३७ वर्षीय मुकुन्द चौहान लगायत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सुनसरी, ईटहरी उपमहानगरपालिका(२० स्थित रुद्राक्ष पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय मुकेश बस्नेत समेत ८ जनालाई नगद २ लाख ८० हजार २ सय ५५ रुपैयाँ र १ बुक तास सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, ईटहरी उपमहानगरपालिका(९ बस्ने फुलबाबु साहको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(४ बस्ने ५० वर्षीय सरोज चौधरी लगायत ९ जनालाई नगद २ लाख ९२ हजार ४ सय ५ रुपैयाँ र १ बुक तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बझाङ, जयपृथ्वी नगरपालिका(१० चैनपुर बजार बस्ने शेर बहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा मष्टा गाउँपालिका(१ डुङ्ग्री बस्ने ३४ वर्षीय दिपक रोकाया लगायत ७ जनालाई नगद १ लाख ६२ हजार ३ सय ३० रुपैयाँ र ८ गड्डी तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका(५ सिन्धुकोट बस्ने हरि रायमाझीको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय दिप बहादुर रायमाझी लगायत २० जनालाई नगद ३ लाख २३ हजार ३ सय ४५ रुपैयाँ, १६ थान कौडा र ५ बुक तास सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका(८ केउरेनी बस्ने ४४ वर्षीय चुलनाथ गिरीको घरमा कौडा खेलिरहेको अवस्थामा गिरी समेत ६ जनालाई नगद १ लाख ४ हजार ५ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सल्यान, कालिमाटी गाउँपालिका(४ असुरेनी बस्ने शान्ती घर्तीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय निम बहादुर थापा समेत ९ जनालाई नगद १ लाख ४९ हजार ६ सय रुपैयाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


क्लिकमान्डु