एनआईसी एशिया बैंकको खराब कर्जा घट्यो, नाफा बढ्यो



काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकको नाफा १.१२ प्रतिशतले बढेर १ अर्ब २ करोड १० लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९६ लाख ५ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४ करोड ६६ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफामा सुधार देखिएको छ । चालु आवको पहिलो त्रैमासको १ अर्ब ९८ करोड १५ लाख ४ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब ८४ करोड १४ हजार रुपैयाँ रहेको थियो ।

यस्तै गत आवको पहिलो त्रैमासमा १ अर्ब ४२ ९५ लाख १३ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा यो रकम बढेर १ अर्ब ४५ करोड ८० लाख १२ हजार रुपैयाँ पुगेको छ ।

२ खर्ब ३१ अर्ब ३३ करोड ४१ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ८९ अर्ब ८१ करोड ७६ लाख ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ६९ करोड ५१ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ०.४५ प्रतिशतबाट घटेर ०.४० प्रतिशत रहेको छ । ४२ रुपैयाँ १४ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ७१ पैसा रहेको छ ।


क्लिकमान्डु