नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२ % ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सको नाफामा १२.०१ प्रतिशतले बढेर २२ करोड ९० लाख २ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सको नाफा २० करोड ४४ लाख ३२ हजार रुपैयाँ थियो ।

यो अवधिमा इन्स्योरेन्सले ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन बढेको छ । गत आवको सोही अवधिमा ७ अर्ब ८१ करोड ८३ लाख ९३ हजार रुपैयाँ रकहेको थियो ।

इन्स्योरेन्सको तीन महिनामा जीवन बिमा कोषकोमा ९४ अर्ब ८२ करोड १३ लाख ६३ हजार रुपैयाँ रहेको छ भने महाविपत्ती जगेडा कोषमा ६० करोड ८० लाख ६१ हजार रुपैयाँ रहेको छ ।

जगेडा कोषमा भने ३ अर्ब ६६ करोड ७२ लाख १२ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ७९ पैसा छ ।


क्लिकमान्डु