धनतेरसकाे दिन लगानीकर्ताले एनआइबिएल सहभागिता फण्डकाे इकाइ खरिद गर्न सक्ने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भएको छ ।
अनलाइन प्रणालीबाट इकाई खरिद गर्न मिल्ने व्यवस्था भएपछि फण्डले यस वर्षको धनतेरसको अवसरमा इच्छुक लगानीकर्ताहरुलाई एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) मा लगानी गरी पुँजीबजारमा लगानीको सुरु गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
क्यापिटलले शुक्रबार (भोली) धनतेरसको दिन बिहान ११ः०० बजे देखि दिउँसो १ बजे सम्म इकाईहरु अनलाइन मार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको बताइएको छ ।
लगानीको लागि शुभदिन मानिने धनतेरस मा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुभारम्भ गर्न सकिने छ । यसको बारेमा जानकारी लिनको लागि एनआईबिएल एस क्यापिटलमा सम्पर्क गर्नुपर्ने छ ।