गुँरास लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २७ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा ३३.८८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ३ करोड १९ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा इन्स्योरेन्सको खुद ब्याज बीमा शुल्क ९६ करोड २६ लाख ४० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४४ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको थियो ।

१ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५६ करोड ६२ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको जीवन बीमा कोषमा ८ अर्ब ५० करोड ५ लाख ८० हजार रुपैयाँ रहेको छ । यस्तै इन्स्योरेन्सको महाविपत्ति कोषमा ४ करोड ९६ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी ९ रुपैयाँ ११ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८२ पैसा रहेको छ ।


क्लिकमान्डु