नाफामा कामना सेवा विकास बैंकको चमत्कार, पहिलो त्रैमासमा ७७३ प्रतिशतले बढ्यो



काठमाडौं । कामना सेवा विकास बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ सय ७३ प्रतिशतले बढी हो ।

बैंकले गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ करोड ८७ करोड नाफा कमाएको थियो ।

गत वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा बढी हो । बैंकले गैरसञ्चालन आम्दानी लगायत खुद व्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत उल्लेख्य वृद्धि गर्न सफल भएको कारण बैंकको खुद नाफामा वृद्धि भएको हो ।

बैंकले असोज मसान्तसम्म ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा क्रमशः ४४ प्रतिशत र ३६ प्रतिशतको वृद्धि हो ।

बैंकको प्रति शेयर आम्दानी ३१.५१ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १२२.६२ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ । यस अवधिमा बैंकको आधार दर ९.२८ प्रतिशत, सीसीडी रेसियो ७७.४३ प्रतिशत र पुँजीकोष अनुपात १२.४४ प्रतिशत रहेको छ ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाइबैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।


पुष्प दुलाल