कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै बैंक बन्द हुने
काठमाडौं । नेपाल बैंकर्स संघले २ दिन बैंकहरु बन्द हुने जानकारी दिएको छ ।
नजिकिदै गएको तिहारको विदाका कारण कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै बैंकहरु बन्द हुने भएका हुन् ।
सो अवधिमा बैंकका शाखाहरु बन्द हुने भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने यथावत नै रहने संघले बताएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालका वाणिज्य बैंकका कर्मचारीहरुमा समेत संक्रमणको दर दिनहुँ बढ्दै गएको छ । हालसम्म ६ हजारभन्दा धेरै कर्मचारीहरु संक्रमित भइसकेको संघले जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग ग्राहकवर्गमा संघले अनुरोध गरेको छ ।