व्यापारीलाई नागमणि दिने भन्दै २ करोड ठग्ने तीन जना पक्राउ

427
Shares

बाँके । नागमणि दिने भन्दै १ करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका-४ का ३५ वर्षीय धन बहादुर रोका, सल्यान कुमाख गाउँपालिका-५ का ३१ वर्षीय कृष्ण शाह र सल्यान शारदा नगरपालिका-९ का ३० वर्षीय डिल्ली बहादुर बोहरा रहेका छन् ।

प्रहरीले उनीहरूलाई ठगी गरेको ४० लाख रुपैयाँ सहित नेपालगञ्ज उपमहानगरपालिका–१ बाट पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उनीहरूले दाङ घोराही उपमहानगरपालिका-१७ बस्ने माधव प्रसाद घिमिरेलाई हामीसँग बहुमुल्य नागमणि छ, उक्त नागमणि आफुसाथ राख्दा यसको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुन्छ, घरमा लक्ष्मीको बास हुन्छ, परिवारका सदस्यको आयु लामो हुन्छ भनेका थिए ।

साथै घर परिवारमा सुःख शान्ति, सम्बृद्धि हुन्छ भनि उक्त रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।