दुई लघुवित्तले मागे कर्मचारी, कुन पदमा कति ?



काठमाडौं । कोरोना कहरकाबीच २ वटा लघुवित्त कम्पनीले रोजगारी खुलाएका छन् । वियज लघुवित्त र नेपाल सेवा लघुवित्तले राेजगारी खुलाएका हुन् । यी कम्पनीले  रोजगारीका लागि आवेदन आह्वन गरेका छन् ।

विजय लघुवित्तले प्रशासन विभाग अधिकृत, वित्त विभाग, कनिष्ट अधिकृत र सुचना प्रविधि विभागमा वरिष्ठ सहायक अधिकृत गरी ३ जना कर्मचारी माग गरेको छ । संस्थाले आफ्नो केन्द्रीय कार्यालय नवलपरासीको लागि कर्मचारी माग गरेको हो ।

तोकिएको योग्यता पुरा भएका इच्छुक आवेदकले सुचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने संस्थाले जानकारी दिएको छ ।

यस्तै, नेपाल सेवा लघुवित्तले प्लस्टु वा सो सरह अध्ययन गरेकालाई रोजगारीको अवसर दिएको छ ।

सुपरभाइजर शाखा प्रबन्धक, बरिष्ट सहायक शाखा प्रबन्धक र परिक्षार्थी गरी केही संख्यामा संस्थाले कर्मचारी माग गरेको हो ।

तोकिएको योग्यता पुरा भएका इच्छुक आवेदकले सुचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने संस्थाले जानकारी दिएको छ ।


क्लिकमान्डु