दुई बैंकसहित लाभांश घोषणा गरेका ८ कम्पनीको साधारणसभा तय, कसको कहिले ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत बैंक तथा वित्तीय संस्थामध्ये अहिलेसम्म झण्डै तीन दर्जन कम्पनीले लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका सबै कम्पनीहरुले साधारणसभा भने बोलाएका छैनन् । कम्पनीहरुले लाभांश घोषणा गरेपनि ती संस्थाहरुलाई नियमन गर्ने नियामक निकायले अनुमति दिएर साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।

कम्पनीहरुले आर्थिक वर्ष २०७६/२०७७ को लाभांश घोषणा गरेपनि सबैले साधारणसभाको मिति घोषणा गरेका छैन । अहिलेसम्म ८ वटा कम्पनीले मात्रै साधारणसभा घोषणा गरेका छन् ।  अहिलेसम्म नेप्सेमा सूचिकृत तीन वटा कम्पनीसहित ८ वटा संस्थाले मात्रै साधारणसभा घोषणा गरेका छन् । जसमा सानिमा बैंक, शिवम सिमेन्ट र एनएलजी इन्स्योरेन्स रहेका छन् । अन्य संस्थामा मर्चेन्ट बैंक/क्यापिटलहरु रहेका छन् ।

यस्तै साधारणा सभाकाे मिति तय गरेर पनि माच्छापुच्छ्रे  बैंकले काेराेनाकाे कारण साभारण सभा गर्ने पाएकाे छैन । बैंकले कातिक ६ गतेकाे लागि तय गरेकाे साधारण सभा स्थगित गरेकाे छ । बैंकले लगानीकर्तालाई ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

त्यस्तै सानिमा बैंकको साधारणसभा कात्तिक २८ गते साधारण सभाको मिति तोकेको छ । बैंकले लगानीकर्तालाई १० प्रतिशत बोनस र ३.६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आगामी साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले लाभांश पाउने छन् ।

लाभांश घोषणा गर्ने अन्य कम्पनीमा शिवम सिमेन्ट रहेको छ । शिवमले २४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । शिवमको साधारणसभा कात्तिक २४ गते हुँदैछ । शिवमका लगानीकर्ताले उक्त साधारण सभापछि तोकेको लाभांश पाउने छन् । अन्य लाभांश घोषणा गरेका कम्पनीमा बढी मर्चेन्ट बैकिङ रहेका छन् ।

जसमा बीओके क्यापिटल मार्केटले ४.५ प्रतिशत, माछापुच्छ्रे क्यापिटलले ६.४० प्रतिशत नगद लाभांश, नबिल इन्भेष्टमेन्ट बैंकिङको २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस्तै सिद्धार्थ क्यापिटलले ८.५ र सानिमा क्यापिटलले ८.५ प्रतिशत लाभांशको घोषणा गरेका छन् ।

यता निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ को लागि साधारणसभा घोषणा गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको साधारणसभा मंसिर ५ गते गर्ने भएको छ । कम्पनीले लगानीकर्तालाई ७ प्रतिशत र ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु