दशैंले बढायो व्यापार, लकडाउनपछिकै असोज महिनामा सबैभन्दा बढी आयात



काठमाडौं । सरकारले लकडाउन गरेपछिकै सबैभन्दा बढी आयात असोज महिनामा भएको छ ।

भन्सार विभागका अनुसार असोज महिनामा मात्र १ खर्ब रुपैयाँको वस्तु आयात १२ अर्ब रुपैयाँको आयात भएको छ ।

सरकारले लकडाउन घोषणा गरेको चैत महिनादेखि अहिलेसम्म यती ठूलो रकमको आयात भएको थिएन । आर्थिक क्रियाकलापमा कमी आउदा आयातमा कमी आएको थियो । मुख्य रुपमा आर्थिक क्रियाकलापलाई बढाउनको लागि मद्दत गर्ने वस्तुको नै आयात कमी भएको थियो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात भएको छ । तीन महिनामा भएको कुल आयातमा असोज महिनाको हिस्सा ३८ प्रतिशत रहेको छ । विगतका वर्षमा समेत दशैंको समयमा सर्वाधिक बढी आयात हुने गरेको थियो ।

आयात बढेसँगै सरकारले तीन महिनामा ८१ अर्ब ७१ करोड रुपैयाँ आयात हुने वस्तुमा लाग्ने भन्सार लगायतको करबाट राजस्व उठाएको छ ।

अघिल्लो वर्षको तीन महिनाको तुलनामा १२.७४ प्रतिशतले कमी हो । यस्तै ३ महिनामा ३१ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको भन्दा १४.२८ प्रतिशतले यो बढी हो ।

यो अवधीमा सबैभन्दा बढी आयात भएको मोबाइल फोनको हो । तीन महिनामा ११ अर्ब रुपैयाँको मोबाइल फोनको आयात भएको छ ।

नाका बन्द भएको हुँदा ग्रे मार्केट कारोबार नभएपछि वैधानिक रुपमा मोबाइलको आयात बढेको हो ।


क्लिकमान्डु