सिम्रिक एयरद्वारा कोरोना संक्रमितलाई एयर एम्बुलेन्सको सेवा दिन शुरु



काठमाडौं । सिम्रिक एयरले कोरोना संक्रमितहरुलाई एयर एम्बुलेन्सको सेवा दिन शुरु गरेको छ ।

यसका लागि सरकार र नागरिक उड्डयन प्राधिकरण नेपालले अनुमति दिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी उक्त सेवा शुरु गरिएको हो ।

कम्पनीले २ वटा हेलिकप्टरलाई कोरोना संक्रमितहरुको सेवाका लागि छुट्याएको छ । कम्पनीसँग हाल ५ वटा हेलिकप्टर छन् । कम्पनीले पहिलोपटक अक्टोबर १२ मा बुटवलबाट कोरोना संक्रमितलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएको जानकारी दिएको छ ।


क्लिकमान्डु