पोखरामा ३ अर्बमा होटल खोल्ने तयारी, कोरोना कहरमा पनि रोकिएन विदेशी लगानी



काठमाडौं कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र होपर्यटन

नेपालको पर्यटन क्षेत्र मात्रै नभई विश्वकै पर्यटन हवाई उड्डयन क्षेत्र कोरोना कारण सबैभन्दा प्रभावित भएको

विश्लेषकहरु नेपालको पर्यटन क्षेत्र रिभाइभ हुनका लागि अझै वर्ष लाग्ने बताइसकेका छन् यस्तो विषम अवस्थामा पनि पर्यटनक्षेत्रमा विदेशी लगानीको प्रतिवद्धतामा भने सकारात्मक नै देखिएको

उद्योग विभागको तथ्यांक हेर्दा चालु आवमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानीको प्रतिवद्धता आएको । विभागका अनुसार चालु आवमा मात्रै पर्यटन क्षेत्रमा कुल १३ अर्ब २५ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको

जबकी समग्र क्षेत्रमा जम्मा १७ अर्ब ८२ करोड ९० लाख रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको

पोखरामा अर्ब लगानीमा होटल

विभागका अनुसार पर्यटकीय नगरी पोखरामा अर्ब रुपैयाँको विदेशी लगानीमा होटल तथा रेष्टुराँ खुल्ने तयारी भएको । पोखरामा नयाँ विमानस्थल निर्माणको काम समेत धमाधम भइरहेकाले पनि होटल तथा रेष्टुराँमा लगानी बढेको छ । 

यसका लागि ब्रिटिस भर्जिन आइल्यान्डबाट होटल तथा रेष्टुराँ सञ्चालनका लागि लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जानकारी दिएको

विभागका अनुसार कुल अर्ब लगानीमा स्थापना हुने उक्त होटल तथा रेष्टुराँमा ९० वटा रुम २०० वटा सिट क्षमता हुनेछ साथै होटल तथा रेष्टुराँमा १४६ जनाले रोजगारी पाउनेछन्

सन् २०२० मा नेपाल भ्रमण वर्ष कोरोना महामारीका कारण स्थगित भए पनि पर्यटन क्षेत्रमा भने विदेशी लगानीको प्रतिबद्धता रोकिएको छैन    

चालु आवमा मात्रै कुल ८२ कम्पनीमध्ये ५४ वटा कम्पनीमार्फत् होटल तथा रेष्टुराँमा मात्रै लगानीको प्रतिवद्धता आएको

जसमध्ये सबैभन्दा बढी ५१ वटा कमेपनीमा चीनबाट लगानीको प्रतिवद्धता आएको भने त्यसबाहेक बेलायतबाट वटा कम्पनी र ब्रिटिस भर्जिन आइल्यान्डबाट एउटा कम्पनीका लागि लगानीको प्रतिवद्धता आएको हो

यी सबै होटल तथा रेष्टुराँमा १५०० भन्दा बढिले रोजगारी पाउनेछन्

कुन क्षेत्रमा कति लगानी ?

उद्योग विभागका अनुसार सबैभन्दा बढी पर्यटन क्षेत्रमा १३ अर्ब २५ करोड रुपैयाँको लगानीको प्रतिवद्धता आएको

त्यसैगरी कृषि क्षेत्रमा ३२ करोड ९० लाख रुपैयाँ, सूचना, संचार तथा प्रसारण प्रविधिमा आधारित वटा कम्मनीमा ३० करोड रुपैयाँलगानीको प्रविवद्धता आएको

उत्पादनमूलक क्षेत्रमा करोड रुपैयाँ सेवामूलक क्षेत्रका २२ कम्पनीमार्फत् अर्ब ६५ करोड रुपैयाँ बराबरको विदेशी लगानीकोप्रतिवद्धता आएको


क्लिकमान्डु