पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु।

हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन् । केही दिन यता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?’


क्लिकमान्डु