पैसा कमाएका व्यवसायीले देश बचाउन त्याग गर्नुपर्ने बेला आएको छ: उपेन्द्र महतो



कोभिडको बारेमा कुरा गर्दा दुई प्रकारले गर्नुपर्छ । एउटा कोभिडले व्यक्तिलाई गराउने स्वास्थ्य समस्या र अर्को आर्थिक रोग ।
कोभिडसँगै अहिले आर्थिक अवस्था समेत बिरामी भएको छ ।

जसरी कोभिडका बिरामीलाई उपचारको खाचो छ त्यस्तै गरेर आर्थिक संकटलाई पार लगाउन समेत उपचार खाँचो छ । क्षेत्र अनुसार कोभिडका असरहरु फरक छन् ।

पर्यटन क्षेत्र होस्,शिक्षा होस्,स्वास्थ्य होला या अन्य क्षेत्र सबैमा समान असर परेको छैन । सो अनुसारको उपचार राज्यले गर्नुपर्छ । पर्यटन क्षेत्रमा केही बढी असर परेको छ । व्यवसायको कुनै क्षेत्र हेरौ जस्तो शिक्षा क्षेत्र । २० वर्षदेखि नाफामा चलाएका संस्था छन् । कोही हालैमात्र लगानी गरेर चलाउने तयारी गरेका संस्था छन् । कोही आधा बनाएको छ आधा बनाउनको लागि थप लगानी चाहिन्छ ।

२० वर्षदेखि कमाएका व्यवसायीलाई २ वर्ष नकमाएको आधारमा ठूलो प्रभाव हुँदैन । यद्यपी त्यो व्यवसायीलाई समेत घाटा लाग्छ । तर,हालैमात्र सुरु भएको व्यवसाय भने सहयोग भएन भने उठ्न नै नसक्ने गरेर डुब्न सक्छ । उसलाई सहयोग गर्नुपर्छ ।

हामीसँग साधन र स्रोतको सिमितता छ । त्यो गर्न सकिदैन । सरकारले यदी त्यो कुरालाई सेक्टरमा पनि कुन अवस्थामा व्यवसायी छन् त्यसमा ध्यान दिनुपर्छ ।

अहिले नेपालमा मात्र होइन । संसारभर समस्या छ । व्यक्ति होइन देशलाई धनीलाई बनाउनुपर्छ भन्ने देखिएको छ । कोभिडको कारण धनी देशमा पनि बढी मानिस मरेका छन् । कोभिडलाई नियन्त्रण गर्न सकेनन् भन्ने कुरा होला । तर,रोजगारी गुमेका र व्यवसाय चलाउन नसकेकाहरुलाई धनी देशले मात्र सहयोग गरेका छन् । गैर आवासीय नेपालीलाई म देशलाई धनी बनाउन अनुरोध गर्न चाहन्छु । देशलाई सम्बृद्ध बनाउन लाग्नुपर्छ ।

उद्योगी व्यवसायीलाई म भन्न चाहन्छु अहिलेको अवस्थामा निकै असजिलो छ । हामीले यतीका समयसम्म व्यवसाय चलाएर नाफा कमाएका छौ । पैसा कमाएका छौ । केही वर्ष नाफा नगरेर भएपनि रुने अवस्था नगरौ । साना तथा मझौला व्यवसायीलाई बचाउनको लागि ठूला व्यवसायीले सहयोग गरौ । सरकारले पनि सहयोग गर्दा आधा दिलले होइन पुरा दिलले सहयोग गर्नुपर्यो ।

अहिले पुनरकर्जाको कुरा गरौ । नेपालमा ऋण पुनरसंरचना गर्न प्रोभिजन गर्नको लागि साढे १२ प्रतिशत लाग्ने थियो अहिले ५ प्रतिशत गरेको छ । यो कुरा शुन्यमा पनि गर्न सकिने थियो । यो दिएको जस्तो पनि भयो खुट्टा तानेको जस्तो भयो ।

अरु बेलामा भएका संकटहरु यो देश र क्षेत्रमा मात्र भएको थियो । तर,कोभिड विश्वभर नै भएको छ । यदी कोभिडले अर्थतन्त्रमा पारेको प्रभावबाट निस्कनको लागि सिमित साधन र स्रोतमा पनि काम गर्न सक्छौ ।

स्वास्थ्य र कृषि क्षेत्रमा व्यवहारिक रुपमा भोलिको दिनमा नै कार्यान्वयन गर्न सकिने क्षेत्र हो । जसले देशको आर्थिक स्थितीलाई नै परिवर्तन गर्न सकिन्छ । त्यसमा कुनै नयाँ सोच आएमा पूँजी संकलनको लागि सक्रिय भूमिका खेल्ने छु । कृषि र स्वास्थ्य क्षेत्रमा ल्याएका नयाँ कुरा ल्याएमा तपाईहरुको साथमा हुने छु ।

अहिलेको अर्थशास्त्र ज्योतिषशास्त्र भएको छ । कोभिड कहिले नियन्त्रणमा आउने हो भन्न सकिने अवस्था छैन । देश सकटमा छ । नागरिकले बचाएन भने सरकारले मात्र बचाउन सक्दैन । यो संकटको घडी हो । तर,नेपाल अगाडि बढ्नको लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ ।

गैर आवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले एनआरएनएको विज्ञ सम्मेलनमा राखेको बिचार


क्लिकमान्डु