एनएमबि बैंकका ग्राहकलाई होटेल भिवान्तामा १५ % छुट
काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने भएका छन् ।
होटलको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशत छुट प्राप्त गर्ने विषयमा एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारीमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एनएमबि बैंककातर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इंदिना राईले हस्ताक्षर गरेका छन् ।
हाल एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।