नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल चयन



काठमाडौं । नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल चयन भएका छन् ।

बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको कार्यकाल सकिएपछि उपेन्द्र पौड्याल अध्यक्षमा चयन भएका हुन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई अध्यक्षमा चयन गरेको हो ।

२०७४ मंसिर १५ गतेदेखि उनी सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत हुनुहुन्छ ।

विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेको उनी सफल बैंकरसँगै समाजसेवीका रूपमा समेत परिचित छन् ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनले यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

सन् १९८६ मा ग्रिण्डलेज ग्रिण्डलेज बैंक ( हालको स्टाण्डर्ड चार्टर्ड बैंक) बैंकबाट बैंकिङ करिअर सुरु गरेका त्यहा १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगेका थिए । १४ वर्ष ग्रिनल्यान्ड बैंक स्टाडर्ट चाटर्ड, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव लिएका छन् ।  होटल व्यवसायबाट व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरे ।


क्लिकमान्डु