दशैंले बढायो घरायसी सामाग्रीको कारोबार, हरेक ब्राण्डमा छुट नै छुट



काठमाडौं । दशैंतिहार नजिकिँदै गर्दा विभिन्न कम्पनीले घरायसी सामाग्रीहरूमा छुट अफर सार्वजनिक गरेका छन् ।

हरेक वर्षझैं यो वर्ष पनि विभिन्न घरायसी सामाग्री जस्तै, एलइडी टिभी, फ्यान, रेफ्रिजेरेटर, वासिङमेसिन, कुलरलगायत घरमा चाहिने सम्पूर्ण सामाग्रीमा छुटसहित नयाँ–नयाँ मोडलका सामान बजारमा सार्वजनिक गरेका छन् ।

उक्त सार्वजनिक गरेसँगै विभिन्न कम्पनीको सामान खरिद गर्दा विशेष छुट पाउने कम्पनीहरूले जनाएको छ । साथै, हरेक सामाग्रीमा तुलनात्मक हिसाबले मूल्य घटाउनुको साथै गिफ्टको पनि व्यवस्था रहेको कम्पनीहरूले जनाएको छ ।

सिजी

चाड दशैं–तिहार पर्वलाई लिएर नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले बजारमा ‘कुशल स्वास्थ्य असल पर्व’ नामक योजनाका अफरहरू सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत सिजीले आफ्नो ग्राहकहरूलाई कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र हात खाली नजाने उपहारहरू दिने कम्पनीले जनाएको छ ।

सिजी कम्पनीका अनुसार एलईडि टिभीको खरिदमा ३० प्रतिशतसम्मको नगद छुट र ४३ इञ्च र त्यसभन्दा माथिका टिभीहरूमा निशुल्क जडानको सुविधा रहेको जनाएको छ ।

त्यस्तै साइड बाइ साइड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिन, पिजनको मिक्चर, डाबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको छ ।

साथै, विभिन्न सामानहरू सिङगल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा पनि आकर्षक नगद छुटको व्यवस्था रहेको छ ।

कम्पनीका अनुसार यो वर्ष टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सिजीकै स्टिम आइरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्नेछन् । साथै, एसीमा भने निशुल्क जडानको योजना छ ।

यो योजना सिजील गत भदौ २९ गते २०७७ सालदेखि नेपालभरी सीमित अवधिका लागि मात्रै लागू गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी सिजी कम्पनी अन्तर्गतकै टीएलसी टिभी खरिदमा पनि अफर छ । कम्पनीले दशैं–तिहारलाई लक्षित गर्दै स्टे सेफ, सेलिब्रेट वेल अफर ल्याएको छ ।

यस अन्तर्गत ग्राहकले टिएलसीका टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सरजस्ता घरायसी सामाग्रीमा २५ प्रतिशतसम्मको क्यास ब्याक पाउनेछन् । साथै, टिएलसीका एयर कन्डिस्नरमा फ्रि इन्टलेसनको सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कुनै ग्राहकले फोन पे प्रयोग गरी पैसा भुक्तानी गर्न पनि सक्नेछन । साथै, फोन पेको माध्यमबाट पैसा भुक्तानी गरेमा ग्राहकले थप अन्य अकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, फारफिल्ड भोइस एसिस्टेन्ट, डोल्बी भिजनमा तीन वर्ष वारेन्टी रहेको छ । अन्य विशेषता रहेको टिएलसी टिभी, वासिङ मेसिन मोटर र एसीलगायत पिसीबी बोर्डमा सहित ५ वर्षको वारेन्टी छ ।

गोदरेज

गोदरेज अप्लाएन्सेसले नेपाली ग्राहकका लागि चाडपर्व लक्षित ‘फ्रि कपल ट्रिप टु बाली’ अफर ल्याएको छ । यो योजनामा गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्ने छन् ।

लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि Godrej -space_ Customer Name -space_ Model Number -space_ Serial Number -space_ Address टाइप गरी पठाउन सकिने छ ।

यो योजना अन्र्तगत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवसर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सामसङ 

विश्वमै सार्वधिक बिक्रि हुने सामसङ कम्पनीले दशैतिहार लक्षित ‘जोड्दै खुसी सजाऔं जिन्दगी’ का साथ विभिन्न घरायसी सामाग्रीमा छुटको अफर सार्वजनिक गरेका छन् ।

उक्त सार्वजनिक गरेको अनुसार ग्राहकहरूले सामसङको उत्पादन सामाग्रीको खरिदमा ३५ प्रतिशतसम्मको आकर्षक छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । कम्पनीले सबै खालको रेफ्रिजेरेटर, वासिङ मेसिन, ड्रायर र एलईडीमा विशेष छुट रहेको जनाइको छ । साथै, एलईडी टिभी खरिद गरेमा २ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । उक्त सामाग्री देशभरका सम्पूर्ण डिलर तथा पसलहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

एलजी ः समयको माग, हामी सबैको चाहाना, आफ्नो र प्रयिजनको सुस्वास्थ्यको कामना गर्दै एलजी कम्पनीले घरायसी सामाग्रीमा विशेष छुट ल्याएका छन् । त्यस्तै, अपग्रेड द लाइफस्टाइल स्टे हाइजेनिक एण्ड सेभ मोर विथ एलजीका अनुसार विभिन्न घरायसी सामाग्रीको खरिदमा ४० प्रतिशतसम्मको विशेष क्यासब्याक अफर ल्याएको छ । साथै, हाल खाली नहुने गरी आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले एलजीको यूएचडी टिभी ब्राण्ड ५५यूएम७३०० एलईडी टिभी र इएर प्यूरिफायरमा आकर्षक ब्यासब्याकको व्यवस्था गरेको छ । साथै, २ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, कम्पनीले साइड बाइ साइड रेफ्रिजेरेटरमा माइक्रोवेभ ओभन फ्रि, वासिङ मेसिन फ्रन्ट लोडमा पिजन गिफ्ट सेट फ्री, डबल रेफ्रिजेरेटरमा किक्सचार फ्री, रुम एयर कन्डीस्नरमा स्टलेसनन फ्री, वासिङ मेसिन फ्रन्ट लोडमा पिजन इन्डक्सन फ्री, वासिङ मेसिन टप लोडमा पिजन कम्फी ड्राई आइरन फ्री, माइक्रो ओभनमा कुकिङ किट फ्रीलगायत अन्य विभिन्न सामानमा पनि विशेष छुट रहेको कम्पनीले जनाएको छ ।

ह्वीलपुल

नेपालमा सार्वधिक बिक्रि हुने ह्वीलपुल कम्पनीले शुभ दशैं अफरका साथ ह्वीलपुलको घरायसी सामाग्री खरिदमा ग्राहकहरूले विभिन्न आकर्षक गिफ्टहरू पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डीस्नर, माइक्रोवेभ्स् र चेष्ट फ्रिजरमा विशेष छुट दिएका छन् ।

साथै, गिफ्टमा ३ युनाइटेड ३ लिटरको प्रेसर कुकर, यूनिराइज ३ लिटरको कुकर र माइक्रोवेभ ३ पिस सेफ बाउल सेट पाउनेछन् । त्यसैगरी विभिन्न आकर्षक गिफ्टका साथ जुनसुकै सामान खरिदमा पनि हात खाली नहुने गरी ग्राहकहरूलाई अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु