एनआईसी एशिया बैंकका कार्ड प्रयोगकर्ताले सुजुकीका २ पाङ्ग्रे सवारी किन्दा १५ हजार छुट



काठमाडौं । एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोवाइल्स प्रालिबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार रुपैयाँ नगद छुट तथा ३ हजार रुपैयाँ नगद फिर्ता गरी जम्मा १५ रुपैयाँ छुट प्राप्त गर्ने भएका छन् ।
जसका लागि बैंकले भीजी अटोमोवाइल्ससँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र भीजी अटोमोवाइल्सका तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोवाइल्सका शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गरेकोमा १५ हजार रुपैयाँ छुट प्राप्त गर्ने सम्नेछन् । सो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने बताइएको छ ।


क्लिकमान्डु