सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना, आइतबार एउटा मात्रै इजलास
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तथा केही अधिकृत र कर्मचारीमा कोरोना संक्रमण भएसँगै कामकारबाही प्रभावित भएको छ ।
अदालतले जारी गरेको सूचनामा संक्रमित तथा प्रभावित न्यायाधीशहरु होम क्वारेन्टिन तथा सेल्फ आइसोलेसनमा बसेको उल्लेख छ ।
जसका कारण आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको मात्रै इजलास तोकिएको सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।