एनएमबी बैंकको नयाँ ब्याजदर, १५ वर्षे मुद्दतिमा ९.२५ प्रतिशत ब्याज दिने घोषणा



काठमाडौं । एनएमबी बैंक नयाँ ब्याजदर सार्वजनिक गरेका छ। बैंकले असोज १ गतेबाट लागु हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका हो ।

सार्वजनिक नयाँ ब्याजदर अनुसार एनएमबी बैंकले साधारण बचतमा न्यूनतम २.७५ प्रतिशतदेखि ४.७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।  बैंकले विदेशीमुद्रा  निक्षेप खाताहरुमा भने ०.२५ प्रतिशतदेखि २ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।

बैंकले मुद्दतिखातामा व्यक्तिगत तर्फ १ भन्दाको तलमा ५.५० प्रतिशत, ६ महिनासम्म ६.५० प्रतिशत र एक वर्षभन्दा माथि १५ वर्षसम्मका मुद्दतिमा ७.२५ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । साथै सोभन्दा माथिको पनि मुद्दतिको ब्याज ग्राहकको आपसी सम्झौतामा दिने जनाएको छ ।

यसैगरी बैंकले कर्जा तर्फभने न्यूनतम १० प्रतिशतदेखि अधिकतम १३.४२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले साउनमा कायम गरेको बेसरेट ८.४२ प्रतिशत छ । जसअनुसार बैंकले कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले ५ वर्षे र २ बर्षे फिक्स्ड ब्याजदरमा घर कर्जा समेत ल्याएको जसको ब्याजदर क्रमशः ८.९९ प्रतिशत र १०.७५ प्रतिशत तोकेको छ ।


क्लिकमान्डु