सनराइज बैंकले तोक्यो नयाँ ब्याजदर, कर्जा र निक्षेपमा कति ?
काठमाडौं । सनराइज बैंकले निक्षेप र कर्जा सम्बन्धि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बैंकहरुले ब्याजदर सार्वजनिक गर्दा नेपाली महिना शुरु हुनुभन्दा अघि नै सार्वजनिक गर्नुपर्ने व्यवस्था गरे अनुसार अर्को महिना शुरु हुनुभन्दा एकदिन अगाडि नै सार्वजनिक गरेको हो ।
कति छ निक्षेपको ब्याजदर ?
बैंकले मद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ देखि ७.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ भने संस्थागततर्फ ६.५० देखि ७.३५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ ।
त्यसैगरी बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकले २१ वटा विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ ।
कति छ कर्जाको ब्याजदर ?
बैंकले असारमसान्तसम्मको आधार दर ८.९५ प्रतिशत छ । बैंकले अधिकांश कर्जामा न्यूनतम १०.९५ प्रतिशतदेखि अधिकतम १३.९५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
बैंकले डिमान्ड लोन, रियल स्टेट लोन, ओभरड्राफ्ट, टर्म लोन, एसएमई लोन, सनराइज घर कर्जालगायतका कर्जामा आधार दरमा थप ५ प्रतिशत थप ब्याजदर लिन पाउने गरी ब्याजदर निर्धारण गरेका छ ।