कल डिपोजिटमा न्यूनतम ब्याजदरको ५० प्रतिशतभन्दा बढी दिन नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कल डिपोजिटमा दिने न्यूनतम ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याज दिन नपाइने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले ‘क’,‘ख’ र ‘ग’ वर्षका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले माग तथा अल्प सूचनामा आधारित निक्षेप (कल डिपोजीट)मा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था गरेको हो ।
यस्ता खाताहरुमा चेक पनि जारी गर्न पाइने छैन । कल डिपोजिट तथा संस्थागत मुद्घती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुसम्म बढाउन सकिने व्यवस्था गरेको छ ।
यसअघिको व्यवस्थामा माग तथा अल्प सूचनामा आधारित निक्षेप (कल डिपोजीट) मा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदर भन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था रहेको थियो ।
यस्ता खाताहरुमा चेक जारी गर्न नपाइने, कल डिपोजिट तथा संस्थागत मुद्घती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुसम्म बढाउन सकिने व्यवस्था रहेको थियो ।