ब्रोकर एसोसिएसनले लगानीकर्तालाई भन्योः विद्युतीय माध्यमबाट मात्रै भुक्तानी गर्नु



काठमाडौं । ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर लगानीकर्तालाई भुक्तानी गर्दा विद्युतीय माध्यमको अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

एसोसिएसनले विज्ञप्ति जारी गर्दै धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताहरुले अनलाइन बैंकिङ, कनेक्ट आईपीएस लगायतका इन्टरनेट तथा विद्युतीय भुक्तानी प्रणालीहरुमा आवद्ध हुन आग्रह गरेको छ ।

एसोसिएसनले धितोपत्र दलाल व्यवसायीहरुलाई अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चात गर्ने भुक्तानी विद्युतीय माध्यमबाट मात्र गर्न अुरोध गरेको हो ।

कोरोनाका कारण सरकारले निषेधाज्ञा लागु गरेको र त्यो अवस्थामा सिमित बैंकिङ कारोबार भएको र यो अवस्थामा चेक मार्फत खरिद कारोबारको भुक्तानी गर्न खोज्दा धितोपत्र दलाल व्यवसायीहरुलाई अप्ठ्यारो पर्ने देखिएको छ ।

यता धितापत्र बोर्डले भदौ ३ गते निर्देशन जारी गरेको र १५ दिन भित्रमा धितापत्र दलाल व्यवसायी र लगानीकर्ता बीत हुन कारोबारको रकम लेनदेन विद्युतीय भुक्तानी माध्यमबाट मात्र गर्न निर्देशन दिएकोले आगामी दिनमा धितोपत्र दलाल व्यवसायीहरुले विद्युतीय माध्यमबाट भन्दा बाहेकका माध्यमबाट भुक्तानी लिन नसक्ने जनाएको छ ।


क्लिकमान्डु