तीन राजदूत नियुक्त
काठमाडौं । सरकारले विभिन्न देशका लागि राजदूत नियुक्त गरेको छ ।
भदौ १ गते सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्रराज भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले दिएको जानकारी अनुसार बैठकले पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।