ग्राहकलाई बैंकर्स संघको ४ बुँदे आग्रहः सकेसम्म बैंक नआउनोस्, घरैबाट कारोबार गर्नुहोस्

910
Shares

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ग्राहकलाई सकेसम्म बैंकमा नआउन आग्रह गरेको छ ।  सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीबाट उत्पन्न हुने जोखिम कम गर्न यस्तो आग्रह गरेको हो ।

संघदे कोरोना महामारीबाट उत्पन्न हुने जोखिम न्यूनिकरण गर्नका लागि बैंकिङ कारोबार गर्दा ४ बुँदामा ध्यान दिन आग्रह गरेको छ ।

१, डिजिटल बैंकिङ्ग (मोबाइल/इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट प्रायस् जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्नुहुन अनुरोध गर्दछौं । एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ्ग गर्न सकिन्छ ।

२, डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गरि सहयोग लिन सकिन्छ ।

३, आफ्नो खाता वा खातावाट भएको कारोबारको सिलसिलामा कुनै पनि जानकारी वा प्रश्न भएमा समेत सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्न सकिन्छ ।

४, अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिनुहुन समस्त ग्राहकहरुमा अनुरोध गर्दछौं ।

घरबाटै कारोबार गरौं । आफू र अरुलाई सुरक्षित राखौं ।

Skip This