सुनको मूल्य प्रतितोला ८०० ले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ८ सय रुपैयाँले बढेर ९८ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ८०० ले बढेको छ । बिहिबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको तेजाबी सुन शुक्रबार भने ९८ हजार १०० मा कारोबार भएको छ ।

यस्तै चाँदी बिहिबारको तुलनामा ६० रुपैयाँले वृद्धि भएको छ । बिहिबार १ हजार २९५ मा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३५५ मा कारोबार भएको छ ।

रसियाले कोरोना भाइरसको खोप तयार पारेको समाचार सार्वजनिक भएपछि मंगलबार भने ६ हजार २०० रुपैयाँले घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंश १ हजार ९५२ अमेरिकी डलरमा सुनको कारोबार भएको छ ।


क्लिकमान्डु