भौतिक उपस्थिती घटाउँदै अनलाइन प्रणालीमा जोड दिनुः नेप्से



काठमाडौं । कोरोनाको असर बढेको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भौतिक दुरी कम गर्दै अनलाइनबाट गर्ने कामलाई बढी स्थान दिन सबैलाई आग्रह गरेको छ ।

नेप्सेले विज्ञप्ति जारी गर्दै नेप्सेबाट हुने गतिविधिमा भौतिक आवागमनलाई कम गर्ने र अनलाइनबाट नै सेवा प्रवाह गर्ने जानकारी गराएको छ ।

नेप्सेले लगानीकर्ताले सदस्य दलाल मार्फत पुँजीगत लाभकर प्रमाणीकरण सिफारिसका लागि पेश गर्ने निवेदन आवश्यक सम्पूर्ण कागजात संकलन भइसकेपछि मात्रै नेप्सेमा पेश गर्न आग्रह गरेको छ ।

यस्तै नेप्सेले सदस्य दलालाहरुले पेश गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंक मार्फत इमेल पठाउन लगाउने र सोको जानकारी नेप्सेमा गराउन भनिएको छ ।

यस्तै सूचीकृत कम्पनीहरुले सूचीकरण नवीकरण बार्षिक शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्न र सोको जानकारी इमेलबाट नेप्सेलाई जानकारी गराउन आग्रह गरेको छ ।

यस्तै सदस्य दलालहरुले नेप्सेलाई बुझाउनु पर्ने सबै खाले जानकारी अनलाइनबाट गराउन आग्रह गरेको छ ।

सदस्य दलालहरुले कार्यालय सञ्चालन गर्दा कोरोना सम्बन्धी सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।


क्लिकमान्डु