नबिल डिबेन्चर-२०८२ ऋणपत्र नेप्सेमा सूचीकरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नबिल बैंकबीच ऋणपत्र सूचीकरण भएको छ ।
प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य १ हजार कायम भएको २० लाख थान १० % नबिल डिबेन्चर-२०८२ (ऋणपत्र) सूचीकरणको सम्झौता भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट २० लाख थान १०% नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको २० लाख थान ऋणपत्र वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको हो ।
ऋणपत्र सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका हुन ।
नबिल बैंकले आफ्नो देशभर ११८ वटा शाखा कार्यालयहरु, १७५ एटिएम र १५ सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सन्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।