पर्यटन बोर्डद्वारा आयोजित फोटो प्रतियोगितामा उत्कृष्ट ५ फोटो छनोट, जनही १० हजार पाउने



तस्बिरः उमेश स्थापित

काठमाडौं । नेपाल पर्यटन बोर्डले झ्यालबाट देखिने फोटो प्रतियोगिताका ५ वटा उत्कृष्ट फोटो छनोट गरेको छ । बोर्डका अनुसार ७ सयभन्दा बढी फोटोमध्ये ५ वटा फोटो छनोट गरिएको हो ।

लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिता आयोजना गरेको थियो ।

उत्कृष्ट पाँचमा छनौट भएका फोटोग्राफरहरु प्रबिन श्रेष्ठ, उमेश स्थापित, शुसिल पौडेल, साम्दे शेर्पा र कमल कँडेलका फोटो छन् । यस प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठ थिए ।

प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो ।

नेपाल पर्यटन बोर्डको फोटो अभियानको साइट https://photonepal.travel मार्फत प्रतियोगितामा सहभागीता जनाइएको थियो । विजयीहरुलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बोर्डले जानकारी दिएको छ ।

बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले बिजयीहरुलाई वधाइ एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि बोर्डको नेपाल प्रबद्र्धन गर्ने अभियानहरुमा सहभागी हुन अनुरोध गरेका छन् ।

तस्बिरः सुशील पाैडेल

तस्बिरः कमल कँडेल

तस्बिरः शाम्दे शेर्पा

तस्बिरः प्रविण श्रेष्ठ


क्लिकमान्डु