पुँजीगत लाभकरको विवाद अन्त्य, धितोपत्र बोर्डलाई आन्तरिक राजश्व कार्यालयले पठायो पत्र



काठमाडौं । लामो समयदेखि रहेको पुँजीगत लाभकरको विवादको अन्त्य भएको छ ।

आन्तरिक राजस्व विभागले धितोपत्र बोर्डलाई पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्न धितोपत्र बोर्ड, अर्थमन्त्रालय र सबै आन्तरिक राजश्व कार्यालयलाई पत्राचार समेत गरेको छ ।

विभागले सबै निकायलाई गैर व्यवसायिक करयोग्य सम्पत्ति (सेयर) निसर्गको कर सम्बन्धमा जारी गरेको पत्राचारसँगै सबै करदाता कार्यालयमा यस विषयमा रहेको अन्योलता हटेको हो ।

विभागले पत्रमा ‘धितोपत्रको कारोबारमा हुने पुँजीगत लाभको अग्रिम कर असुलीको विवरण तथा कर विद्युतीय प्रणालीमार्फत् दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले आफूलाई पायकपर्ने आन्तरिक राजश्व कार्यालय वा करदाता कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन सक्ने’ उल्लेख छ ।

लगानीकर्ताहरुले लामो समयदेखि कर कार्यालयले स्पष्ट व्यवस्था नभएको भन्दै पूँजीगत लाभकरलाई अन्तिम कर निर्धारण नगरेको भन्दै गुनासो गर्दै आएका थिए । विभागको उक्त पत्रसँगै लगानीकर्तामा देखिएको अन्योलता पनि अन्त्य भएको छ ।


क्लिकमान्डु