चकलेटमा किन कर घटाएको भन्न सांसदको प्रश्नमा अर्थमन्त्रीको जवाफः कति एउटै प्रश्न सोधिरहेको ?
काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसद अनिता देवकोटाले अर्थमन्त्री डा. युवराज खतिवडालाई एउटा प्रश्न गरिन ।
उनले गरेको प्रश्नको जवाफ अर्थमन्त्रत्री खतिवडाबाट पाउन सकिनन् । मन्त्री खतिवडाले जवाफ दिने क्रममा पटकपटक किन एउटै प्रश्न गरेको भनेर झोक्किए ।
विनियोजन विधेयकमा अर्थमन्त्रालयका विषयमा सांसद अनिता देवकोटाले प्रश्न गरिन । ‘रासायनिक मल, बीउ बीजनमा कर वृद्धि गर्ने, जंक फुड, चकलेटमा कर घटाउने, विद्युतीय सवारी साधनमा कर घटाएर विद्युतीय खपतलाई प्रोत्साहित गर्नुको साटो विद्युतीय गाडीमा कर बढाउने काम विरोधास भयो यसमा अर्थमन्त्रीको ध्यान किन पुग्न सकेन ?
उनको आफ्नो प्रश्नको जवाफ पाउनुको सट्ट उल्टै मन्त्रीको प्रतिपश्नको सामना गर्नुपर्यो ।
मन्त्रीले जवाफ दिने क्रममा यसो भनेः यो कोभिडको बेला के को भाऊ घट्यो, के को भाऊ बढ्यो भनेर निरन्तर सोधिरहनु भएको छ । अब आर्थिक विधेयकमा के सोध्नु होला ? फेरि त्यही कुरा दोहोर्याउनु होला । म आजै जवाफ दिँउ कि आर्थिक विधेयकको छलफलमा जवाफ दिन पर्खौ भनेर सोचिरहेको छु । आर्थिक विधेयकमा यसबारे यावत छलफल हुनेछ । यसको जवाफ त्यो बेला नै दिने छ्ु । अहिले यो विषय मैले थाँती राखे ।
मन्त्री खतिवडालाई सांसद देवकोटाले चकलेटको मात्रै नभएर विद्युतीय गाडीको पनि प्रश्न सोधिएको थियो । त्यो प्रश्नको जवाफ भने प्रश्न गर्ने सांसदले पाउन सकेनन् । मन्त्री खतिवडाले अन्य धेरै प्रश्नको जवाफ दिएनन् । यो मन्त्री खतिवडाको पुरानै बानी समेत हो ।