लकडाउनमा मूल्यवृद्धि घट्यो, १० महिनामा औसत मुद्रास्फीति ६.४६ प्रतिशत



काठमाडौं । लकडाउनका कारण मूल्यवृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको १० महिनाको तथ्यांक सार्वजनिक गर्दै ९ महिनाको तुलनामा ०.७ प्रतिशतले घटेको छ ।

त्यसैगरी अघिल्लो वर्षको तुलनामा भने बैशाख महिनामा उपभोक्ता मुद्रास्फीति ५.८३ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्षको बैशाख महिनामा मुद्रास्फीति ५.२९ प्रतिशत थियो ।

लकडाउन शुरु भएको महिना चैत महिनामा मुद्रास्फीति ६.७४ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.७१ प्रतिशत, तराईमा ६.३५ प्रतिशत, पहाडमा ५.११ प्रतिशत र हिमालमा ५.१९ प्रतिशत मुद्रास्फीति छ । २०७६ बैशाखमा यी क्षेत्रहरुमा क्रमशः ६.०५ प्रतिशत, ४.९४ प्रतिशत, ४.९५ प्रतिशत र ६.१३ प्रतिशत मुद्रास्फीति थियो ।


क्लिकमान्डु