बागमती प्रदेशले सामूदायिक क्याम्पसमा पढ्ने छोरी बुहारीलाई छात्रवृत्ति, महिला पत्रकारलाई पुरस्कार दिने, पूर्णपाठ



काठमाडौं । बागमती प्रदेशले आगामी वर्ष २०७७/७८ का लागि शिक्षा र स्वास्थ्यतर्फ १ अर्ब १३ करोड रुपयाँ बिनियोजन गरेको छ । भने भूमि व्यवस्था, कृषि तथा सहकारीका लागि २८ करोड ४२ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकासतर्फ ४ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

त्यसैगरी कोरोनाका लागि १९ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ भने नसर्ने रोगबाट सिर्जना हुने स्वास्थ्य जोखिमको न्यूनिकरणका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई परिमार्जन गरी स्थानीय तहसम्म विस्तार गरिएको छ ।

त्यसैगरी एक विद्यालय एक नर्स कार्यक्रमलाई सबै स्थानीय तहका थप २ विद्यालयमा विस्तार गर्नका लागि १९ करोड ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ । साथै विद्यालयमा आधारित सुरक्षित र स्वस्थ भविष्य किशोर किशोरीको लक्ष्य विशेष कार्यक्रमका लागि ६ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

त्यसैगरी २० वटा नमूना विद्यालयको गुरुयोजना अनुसारको कार्यक्रम कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ । यसका लागि २६ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।

प्रदेशले प्रदेशमा स्थायी बसोबार भएका सामूदायिक तथा सरकारी क्याम्पसमा अध्ययनरत छोरी बुहारीलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिने उल्लेख छ ।

त्यसैगरी ५ हजार किशोरीलाई आत्मप्रतिरक्षा तालिम दिइनेछ । भने खोजमूलक पत्रकारिता गर्ने महिला पत्रकारलाई विद्वतवृत्तिका लागि बजेट बिनियोजन गरिएको छ ।

कृषितर्फ प्रदेश अन्तर्गतका १३ वटै जिल्लामा दुध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न प्रति लिटर १ रुपैयाँलाई बढाएर प्रतिलिटर २ रुपैयाँ किसानकै खातामा जम्मा गर्नका लागि १६ करोड बजेट बिनियोजन गरिएको छ ।

त्यसैगरी धान, मकैं र गहुँको उत्पादनमा आधारित उन्नत वीउमा प्रतिकेजी २० रुपैयाँका दरले प्रोत्साहन दिइने बजेटमा उल्लेख छ ।

त्यसैगरी टिमुर, अमला, सतुवा, चिराइतो, लौठसल्ला, जस्ता प्रजातीको कम्तीमा २ सय रोपनी क्षेत्रफलमा जडिबुटी खेति गर्ने गरी १९ वटा प्लट खेति गरिने र यस कार्यक्रमबाट ७२ सय

रोपनीमा जडिबुटी खेति हुने अनुमान गरिएको छ । यसबाट १ लाख ४४ हजार नागरिकले अल्पकालिन रोजगारी पाउनेछन् ।

पर्यटनतर्फ ३ वटा हिलस्टेसन र ८ वटा नमूना गन्तव्य निर्माणलाई निरन्तरता दिइनेछ ।


क्लिकमान्डु