गण्डकी प्रदेशको बजेट ३४ अर्ब ८४ करोड



काठमाडौं । गण्डकी प्रदेशले आगामी वर्ष २०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ ।

जसमध्ये चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ बिनियोजन गरेको छ ।

यो कुल बजेटको चालुतर्फ ४१.२ प्रतिशत, पुँजीगततर्फ ५७.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १.४ प्रतिशत बजेट हो ।

त्यसैगरी खर्च ब्यहोर्ने स्रोतमध्ये सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख रुपैयाँ, सशतर्ए अनुदान ४ अर्ब २० करोड ८४ लाख रुपैयाँ, समपूरक अनुदान १ अर्ब ४९ करोड ८९ लाख रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीवापत प्राप्त हुने ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ६० करोड ८५ लाख ६० हजार ब्यहोर्दा ९ अर्ब रुपैयाँ न्यून हुनेछ । यसका लागि चालु आवको असारमसान्तसम्म खर्च भइ बाँकी रहने अनुमानित नगद मौज्दात ७ अर्ब रुपैयाँ उपयोग गरिनेछ भने नगद मौज्दात उपयोग गर्दा पनि अपुग हुने खुद २ अर्ब रुपैयाँमध्ये आन्तरिक ऋणबाट १ अर्ब र सरकारसँगको ऋणबाट १ अर्ब ब्यहोरिने उल्लेख छ ।


क्लिकमान्डु