प्रदेश ५ को बजेट सवा ३६ अर्ब, प्लस टुमा विज्ञान पढ्नेलाई छात्रवृत्ति दिइने



काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बिनियोजन गरेका छन् ।

कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात्ण् ३४.६४ प्रतिशत र पुँजीगततर्फ १८ करोड ६१ करोड ९९ लाख ५२ हजार अर्थात् ५१.२२ प्रतिशत छ ।

स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड ५० हजार बिनियोजन गरिएको छ । यो कुल बिनियोजनको १४.१४ प्रतिशत रहेको छ ।

आगामी आवको खर्च ब्यहोर्नको लागि आन्तरिक स्रोतबाट २ अर्ब ३ करोड ७५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँडबाट ८८ करोड ५६ लाख, वित्तीय समानिकरण अनुदानबाट ७७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख, समपुरक अनुदानबाट ४८ करोड ३३ लाख , विशेष अनुदानबाट २१ करोड र चालु आवको बचतबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरेको छ ।

आयोजनामा स्रोत अपुग भएमा त्यसको लागि केन्द्रीय सरकारसँग माग गरिने छ ।

यो वर्ष प्रदेशको आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा हुने बताए । चालु आवमा कृषिको आर्थिक वृद्धि २.८ प्रतिशतमा सीमित हुने मन्त्री पोखरेलले बताए । त्यस्तै गैर कृषिको वृद्धि १.८ प्रतिशत हुने बताए ।

खर्च नभएको शसर्त, समपूरक, विशेष अनुदानको ३ अर्ब ७१ करोड ४८ लाख सरकारलाई फिर्ता गरेको बताए ।

स्थानीय अस्पताललाई स्तारोन्नती गर्नका लागि १५ करोड बिनियोजन भएको छ । प्राथमिक स्वास्थ्य चौकीको स्तरोन्नती गर्न ५ करोड बिनियोजन गरिएको छ ।

आधुतिक ट्रमा सेन्टर सञ्चालका लागि १ करोड विनियोजन भएको छ । क्यान्सर अस्पतालका लागि ५० लाख बिनियोजन गरिएको छ ।

विद्यालयको स्तर उन्नतीका लागि १८ करोड बढी विनियोजन भएको छ ।

कक्षा ११ र १२ मा विज्ञान विषय पढने र विज्ञान संकाय पढने सबै छात्रालाई छात्रवृत्तिका लागि २ करोड बढी र दलित कमलरीको लागि २ करोड ५्र० लाख, मुस्लिम विद्यार्थीका लागि ३ करोड २० लाख विनियोजन भएको छ । प्रदेश विद्यालयको लागि ५ करोड बिनियोजन भएको छ ।

प्रदेश स्वयमसेवकका लागि १ करोड ५० लाख बिनियोजन भएको छ । असहाय बालबालिकाकोे लागि १ करोड ५० लाख बिनियोजन भएको छ ।

त्यस्तै सामाजिकतर्फ ५ अर्ब ६७ करोड रुपैयाँ बिनियोजन भएको छ ।


क्लिकमान्डु